नियम २१
विदेशस्थित बैड्ढमा खाता खोल्ने स्वीकृति सम्बन्धी कार्यविधि

२१. विदेशस्थित बैड्ढमा खाता खोल्ने स्वीकृति सम्बन्धी कार्यविधि

(१) ऐनको दफा ३२ को उपदफा (
२) बमोजिम विदेशस्थित बैड्ढमा खाता खोल्न चाहने पदाधिकारी वा कर्मचारीले खाता खोल्न पर्नाको कारण सहित मुख्य सचिवले भए प्रधानमन्त्री समक्ष, सचिवले भए मुख्य सचिव समक्ष र सचिव मातहत निकायका अन्य पदाधिकारी वा कर्मचारीले भए सम्बन्धित सचिव समक्ष निवेदन पेश गर्नु पर्नेछ । तर देहायको अवस्थामा स्वीकृति लिनु आवश्यक हुने छैन ः–

(क) नेपाल सरकारबाट मनोनयन भई वा पूर्व स्वीकृति प्राप्त गरी अध्ययन वा तालीममा भाग लिन विदेश गएको भएमा,
(ख) नेपाल सरकारको स्वीकृति लिई विदेशमा काम गर्न गएको भएमा,
(ग) सरकारी काम काज गर्न विदेशमा खटिगएको भएमा ।

(२) उपनियम (१) बमोजिम निवेदन पर्न आएमा सम्बन्धित पदाधिकारीले सो निवेदनउपर जा“चबुझ गरी स्वीकृति दिने वा नदिने सम्बन्धमा निर्णय गर्नेछ ।
(३) उपनियम (२) बमोजिम विदेशस्थित बैड्ढमा खाता खोल्ने स्वीकृत दिने गरी निर्णय भएकोमा त्यसको अभिलेख राख्नका लागि नेपाल राष्ट्र बैड्ढ समक्ष लेखी पठाउनु पर्नेछ ।
(४) उपनियम (२) बमोजिम विदेशस्थित बैड्ढमा खाता खोल्ने स्वीकृत नदिने गरी निर्णय भएकोमा सम्बन्धित पदाधिकारीलाई त्यसको लिखित रुपमा तत्कालै जानकारी दिनु पर्नेछ ।
(५) यस नियम बमोजिम खोलिएको खाता त्यसरी खाता खोल्ने पदाधिकारी वा कर्मचारी नेपाल फर्केपछि पैंतीस दिनभित्र बन्द गरी सोको जानकारी आफू कार्यरत निकायलाई दिनु पर्नेछ ।

स्पष्टीकरण ः

यस नियमको प्रयोजनका लागि “बैड्ढ” भन्नाले वित्त कम्पनी वा निक्षेप संकलन वा जम्मा गर्ने अन्य कुनै निकाय समेतलाई जनाउ“नेछ ।